शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गगन थापाको अपिल– रसुवामा मोहन आचार्यलाई अत्याधिक मतले विजयी गराऔं


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २२, २०७९
  • 444
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महामन्त्री गगन थापाले रसुवाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएका मोहन आचार्यलाई अत्याधिक मतले विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको छ । सोमबार एक भिडियो मार्फत थापाले आचार्यलाई रुख चिन्ह्रमा अत्याधिक मतले विजयी गराउन रसुवाका सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको हो ।

भिडियो सन्देश मार्फत थापाले भनेका छन्– ‘मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्जिनियर मोहन आचार्यलाई रुख चिन्ह्रमा मतदान गरि अत्याधिक मतले विजयी गराउन म हार्दिक अनुरोध गर्दछु ।’

थापाले गएको संसदमा नेपालको निति निर्माणमा आचार्यले गरेका प्रयासहरु उल्लेखनिय रहेको बताउनुभएको छ । त्यसैगरि आचार्यले व्यवसायिक दक्षतालाई समेत संसदभित्र ल्याउने प्रयास उल्लेखनिय रहेको बताउनुभयो । अब रसुवाको थप विकाससँगै देशको परिवर्तनका लागि राखिएको अपेक्षामा संसदमा आचार्यको उपस्थितीले ठुलो अर्थ राख्ने समेत थापाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार आचार्य अहिले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा हुनुहुन्छ । उहाँले समृद्ध रसुवा निर्माणका लागि आफु लागि परेको बताउनुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }