शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 217
    SHARES

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदै छन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरू हुनेछन् ।

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४-४ अङ्क जोडेका क्रोएसिया र मोरक्को शीर्ष दुई स्थानमा रहेका छन् । ३ अङ्क जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानडाले अङ्क जोड्न सकेको छैन ।

बिहीबारको खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अङ्क जोडेको छ । जापान र कोस्टारिकाको ३(३ अङ्क छ भने जर्मनीको १ अङ्क मात्रै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }