शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 175
    SHARES

काठमाडौं। स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए ।

यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए ।

यस्तै साहकै समूहबाट रौतहट २ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका किरणकुमार साह निर्वाचित भएका छन् । निर्वाचित भइसकेपछि साहले काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिई सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई समेत जोड्न खोजेका छन् । नयाँ पार्टी निर्माणका प्रभुले सिंहसमेतलाई सहभागी गराउन खोजेको उनी निकट एक नेताले बताए ।

उनी निकट ती नेताले भने, ‘प्रभुजी नयाँ दल खोल्ने अभियानमा जुट्नु भएको छ । कम्युनिस्ट दल खोल्नुहुन्छ कि गैर कम्युनिस्ट भन्न सकिँदैन । तर उहाँ अब नयाँ दल खोल्नेमा करिब करिब निष्कर्षमा पुग्नु भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }