शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्याच फिक्सिङको आरोपमा दुई क्रिकेटर पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, माघ ९, २०७९
  • 188
    SHARES

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । प्रहरीले पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

आदिल राजविराजबाट पक्राउ परेका हुन् भने महबुबलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको जानकारी दिएको छ । क्रिकेट संघ(क्यान)ले मिलेमतो वा कुनै अवैध कार्य नभएको दाबी गरे पनि सीआईबीले सट्टेबाजी र मिलेमतोको आशंकामा अनुसन्धान थालेको थियो ।

भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टससँगको साझेदारीमा नेपाल क्रिकेट संघ क्यानले पहिलो संस्करणको टी–२० लिग गत पुस ८ देखि आयोजना गरेको थियो । आयोजना साझेदार सेभेन थ्रीसमेत फिक्सिङमा संलग्न भएको प्रहरीले जनाएको छ । सुरुवातदेखि नै विवादित बनेको प्रतियोगिता १० खेल सकिएपछि फिक्सिङका कारण थप आलोचित बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }