बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

इरानद्वारा दक्षिण कोरियालाई रोक्का गरिएको आफ्नो सम्पत्ति फिर्ता गर्न आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 128
    SHARES

काठमाडौं । इरानले दक्षिण कोरियालाई आफ्नो रोक्का गरिएको सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति यथाशीघ्र खुला गरिदिन आग्रह गरेका छन् ।

दुईवटा दक्षिण कोरियाली बैंकहरूमा इरानको सात बिलियन डलरभन्दा बढीको कोष छ । यद्यपि हाल इरानले यसको उपयोग गर्न पाएको छैन । दक्षिण कोरियाका बैंकहरू र अधिकारीहरूले सम्भावित अमेरिकी जरिवानाको डरले इरानी सम्पत्ति फुक्का गर्न सकिरहेका छैनन् ।

सन् २०१८ अघि दक्षिण कोरिया इरानको कच्चा तेलको सबैभन्दा ठूलो ग्राहक थियो । वाशिङ्गटनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट बाहिर निस्क्यो र तेहरानमा आफ्नो एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गरेको छ ।

दक्षिण कोरियाली सरकारले अहिलेसम्म अमेरिकी प्रतिबन्धहरूको अधीनमा नभएका इरानी सम्पत्तिहरू जसलाई आफ्ना बैंकहरूमा जम्मा गरिएको छ । त्यसलाई फुक्का गर्न अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }