बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको उपचारका क्रममा निधन


  • माउन्टेन खबर
  • बुधबार, माघ ११, २०७९
  • 214
    SHARES

काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा.किरण नकर्मीले बताए ।

उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’

इलाम घर भएका आचार्यले मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरा पनि गरेकी थिइन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }