बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु


  • माउन्टेन खबर
  • सोमवार, माघ १६, २०७९
  • 209
    SHARES

 

बाके।   पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा ) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो संंस्करणको रुपमा आयोजना गरिएको सेल्स मिसन माघ १५ देखि १७ गते सम्म चल्ने छ ।

कार्यक्रमा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी पधाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरि करिब ३०० जना सहभागी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बांके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा. धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै यसको लाभ लिन भारतीयहरुलाई आग्रह गर्नु भयो । उहाँले छिट्टै नै नेपालजञ्जबाट दिल्ली,देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको जानकारी दिंदै यसबाट दुवै देशले फाइदा लिन सक्ने बताउनु भयो ।

यस्तै टाइका अध्यक्ष ज्योती मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशिलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैं सकारात्मक रहेको बताउनु भयो ।
नेपालगन्ज

उप महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले नेपालगन्ज र आपपासका क्षेत्रमा पर्यटनको व्यापक सम्भावना रहेको बताउदै यस क्षेत्रको पर्यटकीय विकासको लागि उपमहानगरपालिका सधैं तयार रहको बताउुन भयो ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरुलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताउनु भयो । नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उतकृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताउनु भयो । यस्तै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि मार्ट सहयोगी हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनु भयो ।

यस्तै होटल संघ नेपाल बांके च्यापटरका अध्यक्ष दिवाकर खनालले आतिथ्यताका लागि नेपालगन्ज सधैं तयारी अवस्थामा रहेको बताउनु भयो । मार्टमा आइतावार बीटुबी सेसन, नेपाल भारत पर्यटनबारे प्यालन डिस्कसन तथा सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरुलाई बुद्ध एयरमार्फत पहिलोपटक कैलाश मानसरोवर दुरदर्शन उडान,बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी तथा तेस्रो दिन टाइको अधिवेसन सहित समापन कार्यक्रम आयोजना गरिने बोर्डका प्रवन्धक सूर्य थपलियाले जानकारी दिनुभयो । यस्तै कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराइने उहाँले जानकारी दिनुभयो ।

वनारस,गोरखपुर तथा लखनउमा सेल्स मिसन सम्पन्न
यसैबीच नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस ) , र ११ गते गोखपुर र माघ १३ गते लखनउमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न भएको छ । उक्त सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । वनारस,गोरखपुर तथा लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }