शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 174
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने बारेमा निर्णय गर्न आज स्थायी समिति बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बोलाइएको छ ।

हिजोको लागि बोलाइएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण स्थगित भएको थियो । गत आइतबार रविले पुनः नागरिकता लिएपछि फेरि गृह मन्त्रालय आफूले नै पाउनु पर्ने भन्दै आएका छन् ।

गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने सहमति हुँदा गृह मन्त्रालयले रास्वपाले पाएको थियो ।

यसअघि मंगलबार बसेको माओवादीको पदाधिकारी बैठकमा भने प्रचण्डले सर्वोच्चको पूर्ण पाठ आएपछि मात्रै रविलाई गृह मन्त्रालय दिन सकिने बताएका थिए । तर प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा सलीलेसमेत गृह रविलाई नै दिन दबाब दिइरहेका छन् ।

रविलाई गृह माग्दै बालुवाटारमा पुगेर प्रचण्डलाई दबाब दिँदै आएका छन् । हिजो मात्रै राप्रपा अध्यक्ष एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन पनि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }