शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दिपको मुद्दामा सर्वोच्चमा आज सुनुवाई


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 222
    SHARES

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटी बुझाएर गत पुस २९ गते छुटेका थिए । त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार सुनुवाइको पेसी तोकिएको हो ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग गरेको छ । नेपालको कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाही गर्नुपर्ने व्यवस्था छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश यस्तो, कानुन र सर्वोच्च अदालतको नजिरको समेत विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पेस गरेका प्रमाण, प्रचलित कानून र अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेसम्बन्धी आफ्नै नजिरहरूका आधारमा सर्वोच्चले लामिछानेलाई थुनामै पठाउने सम्भावना बाँकी नै छ ।

सर्वोच्चमा तोकिएको पेसीमा सुनुवाइको समेत प्रतिक्षा नगरी नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानको मंगलबार पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गरेलगत्तै लामिछानेलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

लामिछानेको शुक्रबार फिटनेश परिक्षण हुँदैछ । खेल मिलेमतो र सट्टेबाजीको विषयमा गम्भीर अनुसन्धानमा तानिनुपर्ने क्यानको नेतृत्व फौजदारी अभियोग लागेका खेलाडीको प्रतिबन्ध फुकुवा गर्दै राष्ट्रिय टिममा सहभागी गराउन जोडतोडले लाग्नु शंकास्पद देखिन्छ ।

बलात्कारजस्तो जघन्य अपराधको टुंगो नलाग्दै लामिछानेलाई राष्ट्रिय टिममा फर्काइँदा त्यसले अन्तर्राष्ट्रियस्तरमा समेत प्रश्न उठाउने जोखिम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }