
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखाबाट सुत्केरी महिलाको उद्दार गरिएको छ ।
गोरखाका धार्चे गाउँपालिका वडा नं २ केरौजाकी १९ वर्षीय कान्छीमाया गुरुङ सुत्केरी हुन नसकेर सुन्निएको र रक्तश्राप अधिकमात्रामा भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि सांसद बजगाईँको समन्वयमा बिहिबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
सांसद बजगाईको समन्वयमा राष्ट्रपति महिला उद्दार कार्यक्रममार्फत सिम्रिक एयरको हेलिकप्टरमार्फत गुरुङलाई उद्दार गरेर काठमाडौँ ल्याइएको हो । उद्दार गरिएकी कान्छिमायाको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
सांसद बजगाईको पहलमा यसअघि पनि थुप्र्र्रै विरामीको हेलिकप्टरमार्फत उद्दार गरिसक्नुभएको छ । यसअघि उहाँले आफ्नो सांसद भएवापत पाउने तलब भत्तापनि गोरखा क्षेत्र नं १ का विरामीको उद्दार र औषधी उपचारमा खर्च गर्ने घोषणा गरिसक्नुभएको छ ।