शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दिगो विकासका लक्ष्य पूरा गर्न युवा सहभागिता बढाउनुपर्नेमा जोड


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २८, २०७९
  • 257
    SHARES

काठमाडौँ । दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवा सहभागीता बढाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको ‘पाँचौ नेपाल युवा दिगो विकास लक्ष्य सम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका १९३ वटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिवद्ध भएको बताउनुभयो । उहाँले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नेपालले १६ वटामा काम गर्ने प्रतिवद्धता जनाएको स्पष्ट पार्नुभयो ।

युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घमा दिगो विकास लक्ष्य सम्बन्धी अवधारणा सुरु भएपनि सन् २०१५ बाट मात्र विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यलाई पूरा गर्न सरकार तथा गैरसरकारी क्षेत्रबाट पहलकदमी भएको भएपनि यसको कार्यान्वयनमा अझै चुनौती रहेको बताउनुभयो ।

युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकासमा युवाहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । “दिगो विकास लक्ष्यका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रअन्तर्गत सामाजिक, आर्थिक र राजनीतिकलगायतका क्षेत्रमा काम गरिरहेको छ,”– उहाँले भन्नुभयो । दिगो विकास लक्ष्य पूरा गर्न स्रोत साधनको कमी, जलवायु परिवर्तन नीतिगत समन्वयको अभाव, गुणस्तरिय शिक्षाको अभाव रहेको उहाँको भनाई थियो ।

दलित महासङ्घका उपाध्यक्ष त्रिलोचन लोक्य, यौनिक अल्पसङ्ख्यक समुदायकी अध्यक्ष पिङ्की गुरुङलगायतले दिगो विकास लक्ष्य योजनाले अघि बढाएका १७ उद्देश्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }