सोमवार, चैत्र १३, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ६.९० अंकले घट्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ५, २०७९
  • 33
    SHARES

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अंकले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन्।

आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अंकले बढेको छ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अंकले घटेको छ। त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अंकले घटेको छ।

तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। आजको कारोबारमा सानिमा ग्रोथ फन्डको आठ दशमलव ५६ र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ३३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ