शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी कदम चाल्नु पर्ने विज्ञहरुको सुझाव


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ९, २०७९
  • 206
    SHARES

काठमाडौं । वातावरणीय प्रभावका असरहरु नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरुले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले विहीबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु’ सम्वन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन्।

कार्यक्रममा बोल्दै डाक्टर देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्वोधन गर्नुपर्ने मुद्दा भएको बताउँदै तत्काल अन्तराष्ट्रिय समुदाय समक्ष उठाउनुपर्ने बताउनुभयो।

उहाँले जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्रीनै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

डाक्टर देउवाको भनाइ थियो- ‘हामी जलविद्युतमा उदाहरणीय छौ‘, ‘जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल, संचार माध्याम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ।‘

डा. देउवाले हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो विश्व रिर्पोटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताउनु भएको थियो । ‘पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान बैज्ञानिकहरुले गरेका छन्,’ वातावरणविद् डा. कार्कीले भन्नुभयो ।

रुढुक नेपालका राष्टिय निर्देशक डा.कृष्णकुमार श्रेष्ठले नेपालमा वातावरणका जोखिहरुका विषयमा धारणा राख्नुभएको थियो । ‘अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातीको तापमान घट्दो छ यसले कृषि उत्पादानमा असर गरेको छ‘, श्रेष्ठले भन्नुभयो । नदीमा मात्रै नभई जमिन मुनिको पानीको तह पनि गहिरिँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

डेनमार्गका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले डेनमार्कले वातावरण प्रदुषण र कार्वन घटाउन धेरै विधिहरु लागु गरेको बताउनुभयो । उहाँले वातावरणीय प्रभावका चुनौतीहरु हामीले सामाना गर्नै पर्छ । त्यसका लागि वातावरणमा असर गरेका हाम्रो व्यवहार र विधिहरु परिवर्तन गर्नुपर्छ, यसमा डेनमार्कले केही उदाहरणीय काम गरेको अनुभव सुनाउनुभयो ।

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले ठूला मुलुकले उत्सर्जन गर्ने कार्वनले नेपाल जस्ता साना मुलुकले समस्या भोग्नु परेको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभ सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वातावरण क्षेत्रका विज्ञहरुको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }