बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन र मजबुत पर्यटन नीति ल्याउन व्यवसायीको माग


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १०, २०७९
  • 462
    SHARES

काठमाडौं । पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् । कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो। तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचिमा राखेको छ । चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचिमा थाइल्याण्ड लगायत अन्य मुलुक परेका छन् ।

नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो । तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताउनु भयो । पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले
नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने बताउनु भयो ।

उहाँले चिनियाँ नागरिकहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाएकाले विदेशमा पर्यटक बनेर घुम्ने मौका कम भएपनि अब चीन सरकारले नै बाहिरी देश जान अनुमति दिएसँगै नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा वृद्धि हुँदै जाने अपेक्षा गर्नभयो ।

उहाँले भन्नुभयो,‘ चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा परेका छौं । नेपालको पर्यटन क्षेत्रको लागि खुशीको कुरा हो । चिनियाँहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाउने भएकाले विदेशमा पर्यटक बनेर घुम्न कम जाने देखिन्छ । अब चीन सरकारले नै जान अनुमति दिएपछि नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा बढ्दै गएको छ । २०१९मा नेपालमा आउने सबैभन्दा बढी पर्यटक चिनियाँ रहेका थिए । चीन सरकारले घुम्ने गन्तव्यको दास्रो सूचिमा राख्नाले नेपालका पर्यटन व्यवसायीहरु खुशी भएका छौं । चिनियाँ पर्यटक आउँदा होटल, गाइर्डहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् ।

त्यस्तै रेष्टुरेण्टमा खानामा बढी खर्च गर्ने तथा नेपाली उत्पादनहरु सबै भन्दा बढी खरिद गर्ने गर्छन् ।सांस्कृतिक तथा प्राकृतिक रुपमा पनि नेपाल पहिलो गन्तव्यको रुपमा देखिएकाले सरकारले चिनियाँ पर्यटक बढाउनको लागि चीन नेपाल सिधा उडान सेवा थप बिस्तार गर्नुपर्छ । त्यस्तै चार्टर उडान गर्न सक्नुपर्छ । निजी क्षेत्र तयार रहेको छ । तिब्बत घुम्न आउने पर्यटकहरुलाई सडक मार्ग हुँदै धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । त्यसकोलागि सरकारले सहयोगको आवश्यकता रहेको छ ।’

त्यस्तै,अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन—नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजिकरण गर्नु सक्नुपर्ने बताउनु भयो । उहाँले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भुमिका सरकारको भएको बताउनु भयो ।

उहाँले सरकारले सबै भन्दा पहिला पर्यटन नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरे नेपालका पर्यटक बढ्ने बताउनु भयो । उहाँले सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय थप दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको कुरा हो ।उनीहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी छौं ।होटल लगायतका भौतिक संरचनाहरु २०१९मा नै बनाएका छौं । १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको थियो । जुन भिजिट नेपाल २०२० तयारी गरिएको थियो त्यो अनुसार हामी तयारी नै छौं । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्छ । विगतमा काठमाडौंमा
एक दिन बसेर बाहिर पर्यटकीय स्थानमा धुम्न जाने गरेका थिए । चन्द्रागिरी थपिएसँगै एक दिन बढेको छ । सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा हवाई उडानको व्यवस्था गर्नुपर्छ ।

निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्नसक्छ त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ । कति पर्यटक ल्याउने भन्ने मुख्य भुमिका सरकारको नै हुन्छ । पहिलो कुरा सरकारको पर्यटन नीति राम्रो हुनुपर्छ । सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्दा मात्रै पनि नेपालका पर्यटक बढ्छ । सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाइदिनुपर्छ । सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्छ ।’

व्यवसायी साहले नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले होटल लगायतका भौतिक संरचनाहरु २०१९ मा १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको बताउनु भयो । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }