बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से करिब २७ अंकले घट्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 136
    SHARES

काठमाडौं । शेयर बजारप्रति लगानीकर्ताको निरन्तर निराशा देखिएको छ ।

बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर १९ सय तल आइपुग्यो ।

कारोबार सवा अर्ब हाराहारी रह्यो । उतार चढावबीच नेप्से करिब २७ अंकले ओरालो लागेर १८ सय ८८ मा आएर थामियो ।

सामूहिक लगानी कोष समूह सबैभन्दा उच्च झण्डै ५ प्रतिशतले र लघुवित्त समूह पनि ४ प्रतिशत बराबरले झर्यो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ३७ लखा ५४ हजार कित्ता शेयर १ अर्ब २९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

आइतबार १ सय ९३ कम्पनीको मूल्य ओरालो लाग्दा जम्मा १९ कम्पनीको मूल्य बढ्यो । आइतबार ४ वटा लघुवित्त कम्पनीको मूल्य घटेर नकारात्मक सर्किट लाग्दा अन्य ५ लघुवित्त कम्पनीका लगानीकर्ताले पनि उच्च ७ प्रतिशत माथि गुमाए ।

घटेको बजारमा पनि माया खोला हाइड्रो र एशियन हाइड्रोका लगानीकर्ताले १० प्रतिशत बराबर कमाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }