बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्र्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : सांसद देवकोटा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 123
    SHARES

काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व सरकार आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गरे।

उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश हालैको आइसिसी विश्वकप लिगले पनि देखाएको छ। यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने सो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }