बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से दोहोरो अङ्कको बढ्यो


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 193
    SHARES

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजी बजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटेल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ । त्यसै गरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }