शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 127
    SHARES

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनु भएको छ ।

सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो काममा लागि योगदान पु¥याउने नेपाल नेत्रज्योति संघ, चिकित्सक लगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गर्नु भयो । उहाँले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गर्नु भयो । संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनु भयो ।

सभामुख घिमिरेले भन्नु भयो, ‘नेपाल नेत्रज्योति संघले अव केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरुसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु । अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रुपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरु र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरु यसको प्रेरणाको स्रोत रहनु भएको छ । नेत्रज्याति संघले गरेको इमान्दार प्रयत्नहरु र यसले जनताको सेवा खासगरीकन अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रतिको विश्वासको कारणले गर्दाखेरी यसले दिन प्रतिदिन प्रगति गर्दै गईरहेको छ । यसलाईं जसरी बुझेर जानुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ । यस क्षेत्रको धेरै ठूलो योगदान गरेका धेरै विशिष्ट व्यक्तिहरु हुनुहुन्छ । विज्ञहरु हुनुहुन्छ । र, डाक्टरहरु हुनुहुन्छ । तपाईहरुको अगाडि आज मलाई प्रमुख अतिथिको बोलाई रहँदाखेरी के कुरा राख्न चाहन्छु भने मेरो ठाउँबाट मैले सक्ने सहयोगहरु गर्न म जहिले पनि तयार छु ।’

त्यस अवसरमा सभामुख घिमिरेले गरिव जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तीमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गर्नु भयो । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान पनि गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }