बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेश खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 127
    SHARES

काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।

शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, काठमाडौंलगायतका पहिचानवादी संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडोभन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए ।

उनले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताए । उनले राज्यपक्ष सुरुवाती चरणमा गम्भीर नबने पनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने बताए ।

प्रदर्शनकारीले पहिचानविरोधी होशियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमांकन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर् लगायतका नारा लगाएका लिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }