
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढिरहेको बताएका छन् ।
शुक्रवार रिपोर्टस क्लव नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गरे । विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको उनले बताए ।
नेता खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताए ।