
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।