बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

वर्गीकरणमा नपरेका सन्दीप र भीमलाई ‘ए’ श्रेणीमा राख्ने तयारी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ३१, २०८०
  • 136
    SHARES

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने र भीम सार्कीलाई आगामी असारमा हुने नयाँ वर्गीकरणमा समावेश गर्ने तयारी गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कपमा स्थान बनाउँदा पूर्वकप्तान सन्दीप लामिछाने र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले असारमा हुने खेलाडीको नयाँ वर्गीकरणमा सन्दीप र भीमलाई समावेश गर्ने छलफल थालेको हो । क्यानले दुवै खेलाडीलाई ‘ए’ श्रेणीमा राखी सुविधा दिन छलफल सुरु गरीको बुझीएकोे छ ।

 

गत माघमा भएको खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन्, पछिल्ला प्रदर्शनका आधारमा दुवै खेलाडी माथिल्लो श्रेणीमै रहन सक्ने बताएको छ । क्यानले गरेको पछिल्ला खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन् । वर्गीकरणमा नपरेका सन्दीप र भीमले नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याच फ्री मात्र पाएका थिए । सन्दीप र भीमले आइसिसी विश्वकप लिग–२ र एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्यानले खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीका खेलाडीलाई तीन खण्डमा वर्गीकरण गरेको छ । वर्गीकरणमा परेका खेलाडीले क्यानबाट प्रतिमहिना पारिश्रमिक लिने गरेका छन् ।

सन्दीप एसिसी प्रिमियर कपमा अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दी सिरिज घोषित भएका थिए । सन्दीपले १३ विकेट लिनुका साथै ब्याटिङमा ५५ रन बनाएका थिए । भीमले अन्तर्राष्ट्रिय मान्यताप्राप्त पछिल्ला तीन एकदिवसीय खेलमा अर्धशतक बनाए । एसिसी प्रिमियर कपको फाइनलमा उनले युएईविरुद्ध ७२ रनमा अविजित, ओमानविरुद्ध ५६ र युएईविरुद्ध नै ७६ रन जोडेका थिए ।

यसैगरी, लिस्ट ‘ए’मा समेत उनको प्रदर्शन उम्दा छ । एसिसी प्रिमियर कपको फाइनल रिजर्भ डेमा पुग्दा भीमको इनिङ्स सम्झनलायक रह्यो । उनले सो प्रतियोगितामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको स्थान लिएका थिए । नेपाल टी–२० लिगबाट भीमको उदय राष्ट्रिय टोलीमा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }