शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चेन्नई सुपर किंग्स ६ विकेटले पराजित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १, २०८०
  • 149
    SHARES

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईको चेपौक स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर १४५ रनको लक्ष्य पुरा गर्यो ।

केकेआरका लागि रिंकु सिंह र नितिश राणाबीचको ९९ रनको साझेदारी महत्वपूर्ण रह्यो । यो जितसँगै कोलकाताले चेन्नईको प्लेअफ प्रवेशको प्रतीक्षालाई लम्बाएको छ । यति मात्र होइन, नितिश राणाको कप्तानीमा रहेको टोलीले पनि आफ्नो आशा जीवित राखेको छ ।

कोलकाताले ११ वर्षपछि चेन्नईलाई उसकै घरेलु मैदानमा हराएको हो । टोलीले यहाँ चेन्नईविरुद्ध अन्तिम जित २०१२ मा निकालेको थियो । यहाँ दुई टोलीबीच कुल ९ खेल खेलिएको छ, जसमा चेन्नईले ६ जित हात पारेको छ भने कोलकाताले ३ जित हात पारेको छ ।

पहिलो इनिङ्समा चेन्नईले १० बलमा ३ विकेट गुमाएको थियो । १० औं ओभरको तेस्रो बलमा शार्दुल ठाकुरले डेभोन कोनवेलाई क्याच आउट गरेका थिए । त्यसपछि अर्को ओभरको पहिलो र अन्तिम बलमा सुनिल नारायणले अम्बाती रायडु र मोइन अलीलाई बोल्ड गर्दै चेन्नईलाई पाँचौं झटका दिए। यहाँबाट चेन्नईको स्कोरिङ रेट घट्यो र टोलीले ठूलो स्कोर गर्न सकेन ।

रहाणेले ११ बलमा १६ रनको इनिङ खेले तर उनले पनि ठूलो स्कोर बनाउन सकेनन् । रहाणेपछि कोनवे पनि ३० रन बनाएर आउट भए । यसपछि सुनिल नारायणले एउटै ओभरमा अम्बाती रायुडु (चार रन) र मोइन अली (एक रन)लाई आउट गर्दै चेन्नईको स्कोर ७२र५ बनाएका थिए । यसपछि चेन्नईको इनिङ्सलाई शिवम दुबे र रविन्द्र जडेजाले सम्हालेका थिए । दुवैले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । तर, जडेजाले २४ बलमा २० रनको इनिङ खेले जुन टोलीको हितमा थिएन ।

धोनी अन्तिम ओभरमा ब्याटिङ गर्न आए, तर यो खेलमा उनले कुनै छक्का प्रहार गर्न सकेनन् । अन्तमा चेन्नईले ६ विकेट गुमाएर १४४ रन बनायो । शिवम दुबेले ३४ बलमा ४८ रन बनाएर अविजित रहे । कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नारायणले २–२ विकेट लिए । शार्दुल ठाकुर र वैभव अरोराले एक–एक विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको कोलकाताको सुरुवात निकै खराब रह्यो । रहमानुल्लाह गुरबाज पहिलो ओभरमा एक रन बनाएर दीपक चाहरको शिकार बने । चाहरले आफ्नो अर्को ओभरमा वेंकटेश अय्यरलाई ९ रनमा आउट गरे । त्यही क्रममा चाहरको तेस्रो ओभरमा १२ रन बनाएर जेसन रोय पनि आउट भए । कोलकाताको ३३ रनमा तीन विकेट खसेको थियो । त्यसपछि नितिश राणा र रिंकु सिंहले इनिङ्सको जिम्मा लिएका थिए । दुबैले द्रुत रन बनाएपछि कोलकाताको टोली पावरप्लेमा ४६ रन बनाउन सफल भयो ।

रिंकु सिंह र नितिश राणाले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरे । चेपौकको मैदानमा चेन्नईविरुद्धको यो सबैभन्दा ठूलो साझेदारी हो । रिंकुले ४३ बलमा चार चौका र तीन छक्काको मद्दतले ५४ रन बनाए । १८औं ओभरमा मोइन अलीको सटिक थ्रोले उनलाई आउट गराए तर धेरै ढिलो भइसकेको थियो । नितिशसँगै रिंकुले कोलकाताको स्कोर १३२ रनमा पुर्याएका थिए र उनको टोली जितको दौडमा उभिएको थियो ।

अन्त्यमा नितिश राणाले आन्द्रे रसेलसँग मिलेर कोलकातालाई जिताए । उनले ४४ बलमा ५७ रन बनाएर अविजित रहे । चेन्नईका लागि दीपक चाहर बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् । दिपकले पावरप्लेमा नै तीन विकेट लिए । यसपछि कोलकाताको मात्र एक विकेट रनआउटबाट खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }