बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएलमा पहिलोपटक आमनेसामने हुँदै गुजरात र हैदरावाद


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १, २०८०
  • 140
    SHARES

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६२ औँ खेल गुजरात टाइटन्स (जीटी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुँदैछ । खेल गुजरातको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

गुजरातले यो सिजन हालसम्म खेलेका १२ खेलमध्ये ८ मा जित र ४ मा हार बेहोरेको छ । हार्दिकको नेतृत्वमा रहेको गुजरातले उत्कृष्ट प्रदर्शन गर्दै १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जितेर टोली प्लेअफमा पुग्ने पहिलो टोली बन्न सक्छ ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेको छ । हैदरावाद ८ अंकका साथ तालिकाको नवौं स्थानमा छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, हेनरिक क्लासेन, ग्लेन फिलिप्स र फजल हक फारुकी हुन सक्छन् ।

गुजरात र हैदरावादको टोली बराबरीमा छन् । यी दुईबीच अहिलेसम्म जम्मा दुई खेल भइसकेका छन् । एक पटक गुजरात र एक पटक हैदरावादले जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सोमबार अहमदाबादमा मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । यहाँको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, अल्जारी जोसेफ, मोहम्मद शामी र मोहित शर्मा ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), अभिषेक शर्मा, अनमोलप्रीत सिंह, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), ग्लेन फिलिप्स, अब्दुल समद, मयंक मार्कण्डे, भुवनेश्वर कुमार, फजल हक फारुकी र थांगारासु नटराजन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }