शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सहरुको धर्ना


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ९, २०८०
  • 136
    SHARES

काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन् । मंगलवार काठमाडौंको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् ।

उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताउनु भयो । उहाँले न्युन तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताउनु भयो । उहाँले पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताउनु भयो ।

उहाँले नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने बताउनु भयो । उहाँले अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने बताउनु भयो । उहाँले एक जना नर्सले हेर्ने बिरामीको कार्यभार कम भएमात्रै बिरामीले चाहेको जस्तो सेवा दिन सकिने बताउनु भयो । धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराईयोस्,गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्,मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }