आइतवार, जेष्ठ १४, २०८०

मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • 17
    SHARES

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।

वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो । नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ