बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीहरूको अदालतमा बयान हुने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 75
    SHARES

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकाहरुको आजदेखि अदालतमा बयान सुरु हुने भएको छ। बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ परेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिन करिब दुई साता लाग्नेछ। आज गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }