शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा


  • माउन्टेन खबर
  • शनिबार, भदौ ३०, २०८०
  • 288
    SHARES
काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले शुक्रवार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी  समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् ।
समूह सी मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् ।
त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }