शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशले भारतलाई ६ रनले हरायो


  • माउन्टेन खबर
  • शनिबार, भदौ ३०, २०८०
  • 193
    SHARES

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ को अन्तिम खेलमा भारत पराजित भएको छ । अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा टोली प्रतियोगिताबाट बाहिरिएको बंगलादेशसँग ६ रनले पराजित भएको हो । सन् २०१२ पछि यस प्रतियोगितामा बंगलादेले भारतलाई पराजित गर्यो ।

प्रतियोगिताको चालू सिजनमा भारतको यो पहिलो हार हो, यद्यपि यस खेलको जित वा हारले प्रतियोगितामा कुनै फरक परेन, किनभने भारतीय टोली फाइनलमा प्रवेश गरिसकेको छ । अब सेप्टेम्बर १७ मा उसले उपाधिका लागि साविक विजेता श्रीलंकासँग खेल्नेछ ।

भारत र बंगलादेशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको थियो । भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २६५ रन बनायो । जवाफमा भारतीय टोली ५० ओभरमा २५९ रनमा अलआउट भयो ।

भारतीय टोलीलाई अन्तिम १८ बलमा ३१ रन आवश्यक थियो । अक्षर पटेल र शार्दुल ठाकुर खेलिरहेका थिए । दुवैले केही राम्रा प्रहार खेले । कुनै समय टिमलाई १२ बलमा १७ रन आवश्यक थियो ।

यस्तो अवस्थामा बंगलादेशी कप्तान शकिब अल हसनले बल मुस्ताफिजुर रहमानलाई दिए । रहमानले ४९ औं ओभरको पहिलो बलमा शार्दुल ठाकुर र चौथो बलमा अक्षर पटेलको विकेट लिएर खेललाई बंगलादेशतर्फ फर्काए ।

ओपनर शुभमन गिलले आफ्नो एकदिवसीय करियरको पाँचौ शतक प्रहार गरे । गिलले ९०.९७ को स्ट्राइक रेटमा १३३ बलमा १२१ रन बनाए ।

भारतले १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले भारतलाई सम्हाले । दुवैले तेस्रो विकेटका लागि ८७ बलमा ५७ रनको साझेदारी गरे । यो साझेदारी शेख मेहदी हसनले राहुललाई आउट गरेर तोडेका थिए ।

२६६ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले पहिलो ओभरमै रोहित शर्माको विकेट गुमाएको थियो । तिलक वर्मा पनि तेस्रो ओभरमा ५ रन बनाएर बोल्ड भए । दुवैलाई डेब्यु गरेका तन्जिम हसनले आउट गरेका थिए । १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले पावरप्लेमा टिम इन्डियाको थप विकेट खस्न दिएनन् र स्कोर ४२ रनमा पुर्याएका थिए ।

बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो । टोलीले भारतलाई २६६ रनको लक्ष्य दिएको थियो । कप्तान शकिब अल हसनले ८० रनको इनिङ खेले । उनले आफ्नो ५५ औं अर्धशतक प्रहार गरे भने तौहिद हृदयोयले आफ्नो एकदिवसीय करियरको ५ औं अर्धशतक बनाए । तौहिद ५४ रन बनाएर आउट भए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै, मोहम्मद शामीले २ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }