शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 112
    SHARES

काठमाडौँ । न्यायाधीश अभावका कारण नाबालिका बलात्कार आरोप क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज सोमबार पनि स्थगित भएको छ ।

तीज पर्व तथा पर्याप्तमात्रामा न्यायाधीश नहुँदा जबरजस्ती करणीको मुद्दा खेपिरहेका लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न अदालतले आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।

अर्को सुनुवाईको मिति तोकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }