शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेनः ओली


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 131
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।

ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठन नसकेको समेत बताउनु भयो । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गर्नुभयो ।

ओलीले भन्नु भयो, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरु सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए । ऊर्जाको क्षेत्रमा मैले प्रधानमन्त्री हुने बित्तिकै २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको थिए । कार्तिक १५ गते सपथ लिएका थिए । दशैँको समय पारेर मैले झापामा बोलेका थिए–आउँदो तिहार आधारभुत रुपमा बत्ति निभाइने छैन । तपाईहरुले उज्यालो तिहार मनाउन पाउनुहुन्छ । आधारभूत लोडसेडिङ अन्त्य गर्ने केही तरिका मसँग छ । एक्सपर्टसँग अरु परामर्श गर्छु । र, हामी कमसेकम आगामी वर्षको तिहार उज्यालो रुपमा मनाउँछौं । र, मैले त्यहाँबाट आएपछि ऊर्जा सचिवसँग छलफल गरेँ । २० वर्ष लोडसेडिङ अन्त्य हुने केही सम्भावना छैन भने । र, प्रधानमन्त्रीज्युले पनि यसरी बोलिदिनु हुँदैन भनियो । मैले भने–यो आधारभुत रुपमा भनेको छु मैले । २० वर्षमा पनि लोडसेडिङ अन्त्य हुँदैन भने म प्रधानमन्त्री किन चाहियो, तपाई ऊर्जा सचिव किन चाहियो ? तनाखा खान चाहियो । २० वर्षमा त उलटफेर गर्न सकिन्छ नि । अहिले उद्योगहरुले विद्युत पाएको छैन । के भन्छ भने सवस्टेशनहरु छैन । त्यसकारण विद्युत सप्लाई गर्न सकिएन । कहाँ विराटनगरका उद्योगहरु, वीरगञ्जका उद्योगहरु भैरहवाका उद्योगहरु, अरु ठाउँका उद्योगहरु । उनीहरुले अहिले पनि विद्युत मागी राखेका छन । ६ मेघावाट, अरु पनि । अहिले पनि सिमेन्ट उद्योगहरुले मागी राखेका छन । हामीलाई पुग्दो विद्युत उत्पादन भएको छैन । पुग्दो विद्युत उत्पादन भएपनि अर्को उपभोग गर्ने तरिका पनि सिकाएका छैनौं ।’

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }