
काठमाडौं । समूहको रणनीति तय गर्न नेता शेखर ,गगन समूहको बैठक विशालनगरमा सुरु भएको छ ।
कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भर्खर सुरु भएको वैठकमा १४औँ महाधिवेशनमा शेखर, गगन पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुको सहभागिता छ ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाईएको भनिए पनि उनीहरु सहभागी नहुने भएका छन् ।
गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा महामन्त्री शर्मा र नेता पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ ।