शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैनः मेयर साह


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ९, २०८०
  • 243
    SHARES

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारस्ँग आग्रह गर्नुभएको छ । रोल…

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताउनु भयो । उहाँले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौं महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरण मुल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मुल सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेष गरी डाक्टर साव, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा जाओस् । अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनैपनि तन्त्रले केही फरक नपर्ने रेहछ ।’

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }