शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १६, २०८०
  • 186
    SHARES

मोरङ। विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।

घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गर्नुभएको छ । विनोद ढकालले ४३० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राजकुमार भण्डारी विजयी हुनुभएको छ । त्यस्तै दुइ जना उपसचिवमा जलवर्षा राजवंशी र देवान र्राई विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुइ जना उपसचिव गरी ५ जना पदाधिका सहित २ सय १५ सदस्यीय प्रदेश समिति मध्ये ४९ वटा पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् भने अन्य सदस्यहरुको मतगणना भईरहेकेा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }