
काठमाडौं । आजदेखि काठमाडौं महानगरभित्रका तीन वटा सडक एकतर्फी ‘वान वे’ बन्ने भएका छन् । महानगरले सूचना जारी गर्दै बुधवारदेखि लागू हुने गरी महानगर भित्रका तीन नयाँ ठाउँमा वान वे बनाउन लागेको हो ।
महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको महानगरले जारी गरेको सूचनामा जनाइएको छ ।
नयाँ नियम अनुसार काठमाडौं महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल–सेतोपुल–मिलन मार्गतर्फ जान मात्र पाउने छ ।
वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाइने छ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।