शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमै छरपस्ट छन् ०७२ भूकम्पका क्षतिग्रस्त संरचना (फोटोफिचर)


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २५, २०८०
  • 224
    SHARES

काठमाडौं । हालैमात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रुपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको छ ।

 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरु भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । टाढाको कुरै नगरौँ । काठमाडौंको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरु पुनःनिर्माण शुरु समेत भएका छैनन् ।

२०७२ सालको महाभूकम्पको भग्नावशेषहरु संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ । अझै पनि विज्ञहरुले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् ।

अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ ।

 

न्युज एजेन्सी नेपालले तयार पारेको काठमाडौं वरपरका २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }