शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मैलुङ–स्याफ्रु सडकको काम सात महिनादेखि ठप्प


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ४, २०८०
  • 89
    SHARES

रसुवा । रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सात महिनादेखि ठप्प छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सबैभन्दा कम दुरीको यो सडकको काम अलपत्र हुँदा निकै सास्ती भएको छ ।

भारत सिद्धीशाही कन्स्ट्रक्सन, मुख्य ठेकेदार र पेटी ठेकेदारबीच विवाद भएपछि काम पुनः ठप्प भएको हो ।

गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडक योजनाका प्रमुख धु्रब श्रेष्ठले सडकको काम अगाडी बढ्न नसकेको बताउनुभयो । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सोह्र किलोमिटर सडक स्तरोन्नति, पर्खाल निर्माण, नाली निर्माण एवं कालोपत्रे समेतका कार्यहरु अलपत्र परेका हुन् ।

ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले समयमा काम नगर्दा यस्तो अवस्था आएको योजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा समेत निर्माण कम्पनीहरुले तीसदेखि पैतीस प्रतिशत काम गरेपछि केही भुक्तानी लिने र काम नगर्ने परिपाटीले सडकको काम हुन नसकेको हो ।

एक अर्ब ४५ करोड रुपैयाँको लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिइसकेको योजनाले जनाएको छ ।

नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको यस राजमार्गमा हालसम्म सुधारका कार्य भने पैतीस प्रतिशत मात्रै भएको प्राविधिकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }