बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राति जहाजबाट उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुनेछ : चिरीबाबु


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १५, २०८०
  • 84
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।

बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले राति आकाशमा जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यहि ललितपुर हुने बताए ।

कुसुन्ती क्षेत्रमा सडक बत्ती नभएका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको र धोबीघाट क्षेत्रमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको उनले बताए।

उज्यालो नभएकै कारण मानिसहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न महानगर लागिपरेको उनले बताए।

उनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने दावी गरे । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }