शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौंः मन्त्री ज्वाला


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १६, २०८०
  • 58
    SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरुको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताउनु भयो । उहाँले अहिले पनि अर्थतन्त्र संकटमा रहेको बताउनु भयो । उहाँले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र संकटमा छ, यसमा धेरै बहस गर्नै परेन । कसले के गीत गाउँछ, त्यो छुट्टै कुरा हो । कसले आफ्नो फेस सेभ गर्नका निम्ति के भन्छ त्यो अलग कुरा हो । तर जसरी भयावह छ की, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी घाँटी नै अठ्याउन थाल्यो की भन्ने अवस्था अलि होइन । त्यत्ति धेरै निराशा बाँड्न पनि हुँदैन । साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौँ । श्रीलंका नै बन्न थाल्यो भन्ने होइन । भुक्तानीको कुरा छ, भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान व्यहोरिरहेका छौँ । हामी आफैँ माग्ने पक्ष जस्तो भएका छौँ । सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, दाडिरहनुपर्ने, भनिरहनुपर्ने छ । अघिल्लो आर्थिक वर्षमा जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ । त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । हामी त्यसको लागि धेरै प्रयत्न गर्दा धेरै भुक्तानी गर्न सकियो, त्यसमा केही बाँकी छ, लागिरहेका छौँ । लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्नेछ । उद्योगी व्यवसायीसँग छलफल गरेर लगानी सम्मेलन गर्नेछौँ ।’

मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }