शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

देउवाले भने- कम बोल्न, काम बढी गर्न खोजिरहेको छु


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १६, २०८०
  • 88
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम बोलेर काम बढी गर्न आफुले खोजिरहेको बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गदैं देउवाले त्यस्तो बताएका हुन् । आफूले कम बोल्ने, काम बढी गर्न खोजेको पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले बताए । उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

सभापति देउवाले पार्टीका नेता कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा पार्टी बलियो हुने बताए ।

उनले पार्टी नेताहरुले बोल्नु भन्दा अगाडी नै कार्यक्रमलाई सम्बोधन गरे । आफु काठमाडौं जाने विमान छुट्न लागेको भन्दै उक्त कार्यक्रममा देउवाले केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भन्दा पहिले बोल्न समय मागेका थिए ।

उनले आफू भाषण गर्ने मान्छे नै नभएको स्वीकारे । कार्यक्रममा देउवा भन्दा पहिले बोलेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति देउवाको यो अन्तिम कार्यकाल भएकाले अब जोशिला युवाहरुलाई साथ दिनुपर्ने बताए ।

मञ्चमा नै रहेका महामन्त्रीद्वय थापा र शर्मातर्फ संकेत गर्दै उनले देउवालाई भने, ‘शेरबहादुर दाइको यो अन्तिम अन्तिम पटक हो, अब बिदा लिने बेला भयो, उहाँले यो मुलुक बनाइदिनुपर्छ, वरिपरि कोही छन् भने छोडिदिनुपर्छ, जोशिला युवाहरुको साथमा लागेर यो मुलुक बनाउनुपर्छ ।’

भण्डारीले अगाडि भने, ‘हामीले चलाएको गुटले न सरकार चलाउन सक्यो, न पार्टी चलाउन सक्यो, न सीमानाको रक्षा गर्न सक्यो ।’

आफ्नो सम्बोधनको क्रममा देउवाले चन्द्र भण्डारीको भाषणको प्रसंग उठाए । ‘चन्द्र भण्डारीको भाषण हामीले सुनिसक्यौं, मैले पनि सुनेँ, अब उहाँको टाउकोमा है काम गर्ने जिम्मा । भाषणजस्तै काम गर्नुपर्छ’ देउवाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }