शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यातायात क्षेत्रको समस्या समाधानमा कांग्रेस गम्भीर बन्नुपर्छ : अध्यक्ष स्वाँर


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १०, २०८०
  • 249
    SHARES

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष एवम् कांग्रेसका महासमिति सदस्य विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रको समस्या समाधानमा कांग्रेस गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का महासमिति सदस्य स्वाँरले कांग्रेसको ललितपुरस्थित सनराइज सम्मेलन केन्द्रमा चलेको महासमिति बैठकमा बोल्दै मध्यम तथा साना व्यवसायीको लगानी रहेको सार्वजनिक यातायात क्षेत्रलाई नेपाली कांग्रेसले कसरी हेरेको छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले अर्बौँ लगानी रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई पार्टीले हेर्ने दृष्टिकोणमा स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो । स्वाँर यातायात क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माणका लागि पार्टीले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

लामो समय श्रमिक क्षेत्रमा आवद्धसमेत हुनुभएका स्वाँरले पार्टीले नेपाल ट्रेड युनियन कांग्रेससँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ । पार्टी र नेपाल ट्रेड युनियन कांग्रेसबीच विस २०७० भदौ ९ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको हो ।

उहाँले संविधानको धारा ७२ को १ मा व्यवस्था भएअनुसार महिला, आदिवासी, जनजाती, मुस्लिमपछि श्रम क्षेत्रको प्रतिनिधित्व गर्न माग गर्नुभएको हो ।

अध्यक्ष स्वाँरले महासमिति बैठकमा निःशुल्क प्रतिनिधी आवतजावतका लागि लोकतान्त्रिक यातायात सङ्घले खेलेको भूमिकाको सराहना गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }