शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका ४ विमान चालकले अन्तरिक्षयात्रा गर्ने


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १६, २०८०
  • 104
    SHARES

काठमाडौं । भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गरेका हुन् । छानिनेमा प्रशान्थ बालाकृष्नन्, अजित कृष्नन्, अंगद प्रताप, शुभांशु शुक्ला रहेका छन् ।

गगनयान नामक अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतले जनाएको छ । यो यान चार सय किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने बीबीसीको खबरमा उल्लेख छ । भारतीय अन्तरिक्ष निकाय इसरोले यो उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ ।

इसरोले गएको अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरिसकेको छ । त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }