शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गाजा युद्ध अन्त्यका लागि इजरायली सर्वसाधारणको दवाब


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 112
    SHARES

एजेन्सी । इजरायल गाजा युद्ध अन्त्यका लागि इजरायली सर्वसाधारणले पनि दवाब दिन थालेका छन् । हमासबाट मुक्त भएका बन्धक तथा उनीहरुका परिवार जेरुसलमबाट पदयात्रा गर्दै दक्षिण इजरायलको किबुट्ज रेइम नजिकै नोभा पर्व भएको ठाउँमा आइरहेका छन् ।

गत ७ अक्टोबरमा हमासले अचानक आक्रमण गरी नोभा पर्व भइरहेको स्थानमा ठूलो नरसंहार गरेका थिए । हमासको कब्जामा रहेका बाँकी १ सय ३४ बन्धकहरुका तस्वीर बोकेर उनीहरुको सकुशल रिहाईका लागि हिजोदेखि लामो पदयात्रा थालिएको हो ।

शान्तिका लागि थालिएको अभियानले सार्थकता पाउनेमा पदयात्रामा सहभागीहरु आशावादी बनेका छन् । पछिल्लो समय बढेको युद्धविरामको सम्भावनाले उनीहरु पनि उत्साहित भएका हुन् ।

नोभा पर्वको त्यो उत्सव स्थल, जहाँ सयौं इजरायलीहरू मारिएका थिए र सयौंलाई बन्धक बनाएर गाजा लगाएको थियो । हमासको कब्जामा आफ्ना प्रियजनले बिताएका पीडादायी समयको अन्त्य हुनुपर्ने माग पदयात्रामा सहभागीहरुको छ ।

युद्धविराम सम्झौता सम्भव भएको बताउँदै त्यसका लागि पहल गर्न सरोकारवालाहरुसँग आग्रह समेत गरिएको छ । अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले गत साता पेरिसमा वार्ता गरेपछि युद्धविरामको सम्भावना बढेको हो ।

आगामी सोमबारसम्ममा युद्धविरामको सम्झौता हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको भनाइले पनि आशा जगाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }