शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वाफ च्याम्पियनसिप: नेपालले उपाधिका लागि जोर्डनसँँग खेल्दै


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 62
    SHARES

काठमाडौं । नेपालले साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र जोर्डनबीचको फाइनल खेल राति पौने १० बजे सुरु हुनेछ ।

यद्यपि, नेपाल प्रमुख खेलाडी साबित्रा भण्डारीबिना नै मैदान उत्रनेछ । उनी जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता समेत हुन् । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै जोर्डनले प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }