शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपाले चैत १६ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 116
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने भएको छ ।

पार्टीले फागुन ९ गते सरकारसमक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंमा चैत १६ गते जनसंघर्ष गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ । अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा प्रशिक्षण दिएका छन् ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्र र सबै स्थानीय तहमा तयारी बैठक गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र सानाठूला सभा गरिनेछ । त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेश गरेको ४० बॅुदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै चैत १६ गते काठमाठौंमा बृहत जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }