शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 102
    SHARES

काठमाडौं । नेपाल–भारतबिच आजदेखि अन्तर्देशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएको हो ।

राष्ट्र बैंंकका अनुसार भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकको भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न मिल्ने छ ।

यद्यपि, यो सेवा सीमित रूपमा मात्रै चल्ने छ ।

भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा बताउँछन् ।

उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए । यो सुरुवात भएकाले भावी दिनमा थप बैंकबाट नेपालमा क्युआर गर्न मिल्ने बनाउने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }