शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सकिएन : मन्त्री शर्मा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 112
    SHARES

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताएकी छिन् ।

मन्त्री शर्माले बिहीबार काठमाडौँमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले भनिन्, ‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्‍यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ ।’

इन्टरनेटको दुरुपयोगबाट महिलाहरूले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्री शर्माको भनाई छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन्छन् तर त्यसको नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको उनको भनाई छ ।

मन्त्रीले भनिन्, ‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । अझ जति प्रयोग गर्नुपर्ने हो । त्यति प्रयोग गर्न सकेको छैनौँ । तर यसको दुरुपयोगबाट महिलाहरूले असुरक्षा तथा हिंसा भोग्नुपरेको छ ।

संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गर्छौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }