शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा हुने एक्सपो नेपाल २०२४ को तयारी पुरा, नेपाली व्यवसायी सहभागी


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 457
    SHARES

काठमाडौँ । ब्राजिलको राजधानी ब्रासिलियामा भोलीदेखि सुरु हुने एक्सपो नेपाल २०२४ को सम्पूर्ण तयारी पुरा भएको छ ।

ब्राजिलमा रहेको नेपाली दुतावास सहित नेपालबाट रक सिद्धी प्रा लि, नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल पर्यटन बोर्ड र ब्राजिलको एरिया ट्राभल्स इन्टेलिजेन्सको संयुक्त आयोजनामा मार्च १ देखि ३ गतेसम्म ब्रासिलियामा आयोजना हुने एक्सपो नेपाल २०२४ को उद्घाटन ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो गर्ने तय भएको छ ।

नेपाल र ब्राजिल बीच पर्यटन र ब्यापारीक दृष्टीकोणले निकै महत्वका साथ हेरिएको सो कार्यक्रममा ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीस, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्ष लगायत बिभिन्न १२ देशका राजदुतहरुको उपस्थिति रहने छ ।

नेपालका बिबिध क्षेत्रका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरीएको ु एक्सो नेपाल २०२४ु मा नेपाली व्यवसायीहरुले २० वटा स्टल राख्ने तय भएको छ । स्टलमा नेपाल घुम्न चाहनेका लागी बिभिन्न आकर्षक प्याकेजहरु , नेपाली खानाका परिकार , नेपाली गलैचा, नेपाली कला सस्कृति झल्काउने काठका सामग्रीहरु प्रदर्शनीमा राखिने रक सिद्धि प्रा लिका अध्यक्ष अमित उपाध्यायले जानकारी दिए ।

ब्राजिलमा रहेको दुतावासको सक्रियतामा आयोजना हुन् लागेको एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नै पर्ने देश हो भनेर प्रचार हुनेछ। दुरीको हिसावले यहाँबाट नेपाल टाढा भएपनि ब्राजिल जस्तो ठुलो अर्थतन्त्र भएको देशलाई नेपालमा जोड्न दुतावाले गरेको प्रयास सकारात्मक रहेको ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले बताए ।

त्यस्तै नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष चन्द्र रिजालले नेपालसंग भौगोलिक र प्राकृतिक हिवासले समेत मिल्दोजुल्दो ब्राजिलमा पहिलो पटक यति भब्य कार्यक्रम हुन् लागेको छ। ुबिगत देखि नै मैले यस्तो कार्यक्रम विदेशमा रहेका हरेक देशका दुतावासहरुले गर्नुपर्छ भन्ने धारणा राख्थे ब्राजिलको दुतावासले आयोजना गर्यो यो अत्यन्तै सह्रानीय काम हो । बिदेशमा रहेका दुतावासको काम भनेकै नेपालको सम्भावानालाई प्रचार प्रचार गर्ने हो नेपाल सरकारले पनि यस्ता कार्यक्रम गर्ने दुतावासलाई प्रोत्साहित गर्नुपर्ने बताए

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }