मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी प्रकरण: जीबी राईसहित २४ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 31
    SHARES

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार सहकारी घोटालाबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।

प्रहरीले गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ । साथ,ै १ अर्ब २ करोड मागदाबी लिनुपर्ने प्रतिवेदन बुझाइएको एसपी राठौरले बताए ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । यी बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोपमा १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }