शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तानसेन नपाको आगामी आवको नीति कार्यक्रम र योजना केही सुझावहरु


  • - पदम न्यौपाने तानपा १०, प्रभास
  • आइतवार, जेष्ठ ६, २०८१
  • 199
    SHARES

नगरवासीले बर्षाै देखी सुन्दै आएको पर्यटकीय नगरी र हिलस्टेशनको पगरी र भोग्दै आएको उदाशिनता निराशा तथा सामना गर्नु परिरहेको पलायनको पिडाका सन्दर्भमा आगामी आवको नीति तथा कार्यक्रम निर्माणको सँघारमा रहेको अवस्थामा निम्न विषयहरुलाइ प्राथमिकतामा राख्दा निराशालाइ आशामा बदल्दै तानसेनले खोजेको पूर्ण नभएपनि प्रारम्भ भएको सकारात्मक शन्देश प्रवाह हुन सक्थ्यो की ?

१) ग्रामीण र बजारको समिश्रणवाट वनेको नगरपालिकाको संरचनाले उत्पादन र वजारको सम्वन्धलाइ नजिक वनाएको छ । ग्रामीण क्षेत्रमा उत्पादन बृद्धिका कार्यक्रम र बजारको शुनिश्चितता प्रदान गर्न सकिन्छ ।

यसकालागि क्षेत्र विशेष र विविध वस्तु उत्पादनकालागि प्रभावकारी कार्यक्रमवाट सम्वोधन जरुरी देखिन्छ ।

२) बजारमा हप्तामा कम्तिमा २ दिन र हरेक वडामा एक दिन हाट वजारको व्यवस्था जरुरीछ ।

३) ग्रामीण वडाहरुको आवश्यकता पहुँच(सडक, सिचाइ, खानेपानी,विद्यूत र स्वास्थ्य, सम्भाव्य ग्रामीण पर्यटनका पूर्वाधार, उत्पादीत वस्तुको
शुनिश्चित वजार प्रमुख आवश्यकता हुन भने बजारको आवश्यकता व्यापार

यसकालागि मानिसको आवतजावत, नियमित खानेपानीको उपलव्धता,व्यवस्थित ढल निकास व्यवस्था, विद्यूत आपूर्ति, वजार टोलको सुन्दरता नै मुख्य हुन् । यस्ता
पक्षहरुमा समन्वयात्मक र सहकार्यमा प्रवद्र्धनगर्ने कार्यक्रमहरुले आपसी सम्वन्धलाइ समेत प्रगाढ बनाउने छ जो अति आवश्यक पक्ष पनि हो ।

४) नगरमा उद्यमशिलता, नविन कृयाकलापकालागि उत्प्रेरणा, स्टार्टअपलागि प्रेरित गर्ने नयां प्रविधि र प्राविधिक शैक्षिक प्रतिष्ठानहरु, पर्यटकिय
गतिविधिहरुमा प्रोत्साहन दिने नीति तथा कार्यक्रमहरुको आवश्यकता देखिन्छ ।

५) नगर भित्रका सवै खाले संस्कार र संस्कृतिहरुलाइ प्रवद्र्धन गर्न नियमिति कृयाकलापहरुको व्यवस्थाले बजारमा नयाँ आशार विश्वास पलाएर जाने
देखिन्छ ।

यसैगरी ,

६) युनेश्कोले सम्भावित धयचमि ज्भचष्तबनभ अष्तथ को रुपमा जान सक्ने आधार शहरको रुपमा लिष्ट गरेको सन्दर्भलाइ सम्वोधन गरी

क) तानसेन वजारमा रहेका सम्पदाहरुको संरक्षण सम्वद्र्धनकालागि सम्पदा शाखाको तत्काल गठन गरी जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था मिलाउने,

ख) टक्सारलाइ खुला संग्राहलयको रुपमा विकास गर्न कदम चाल्ने ढिला गर्दा बाकी रहेका संरचना र टोलकै स्वरुप विग्रन जाने)
ग) कम्तीमा पनि टक्सार, भिमसेन टोल, असन टोल र शितलपाटी क्षेत्रलाइ मध्यनजर राख्दै नगरले भवन निर्माण कार्यविधि तयारपारी लागु गर्ने र
ठाउठाउमा रहेका पाटी पौवालाइ फाल्चाको रुपमा निर्माण गर्ने । शितलपाटी, टक्सार र नारायण मन्दिर क्षेत्रमा जेष्ट नागरिक गृह (स्थल)
निर्माण व्यवस्था मिलाउने ।

७) तानसेन नपा आफैमा विविध प्रकृतिका पर्यटन – प्राकृतिक एवं इको टुरिजम, हेरिटेज टुरिजम, धार्मिक र आध्यात्मिक टुरिजम,एतिहासिक र
सांस्कृतिक टुरिजम, शाहशिक टुरिजम, खेल टुरिजम लगायतकालागि उपयुक्त थलो भएकोले तत्काल तानसेन नगर पर्यटन विकास बोर्ड गठन गरी दीगो
पर्यटन नीति निर्माण गरी कार्य अगाडी बढाउन जरुरी छ ।

८) तानसेन नपाका रानीमहल, रिडी, अमरनारायण मन्दिर र पर्भास क्षेत्रलाइ विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने देखिन्छ ।

९) सांस्कृतिक डबलीलाइ नपा भित्र र पाल्पाकै विशेष संस्कृतिहरु नेवार, मगर, ब्राह्मण क्षेत्री, कुमाले, बोटे, गन्धर्व लगायतको प्रदर्शन कक्षको
रुपमा विकास गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

१०) नगरका प्राय सवै वडाहरुमा विशेष प्राकृतिक र सांस्कृतिक अवस्थाहरु रहेका क्षेत्र भएका कारण प्रकृति र ग्रामीण पर्यटनकालागि होम स्टेहरु, शाहसिक
पर्यटनकालागि पुर्वाधारहरुमा लगानी बढाउने ।

११) तानसेन दरवार क्षेत्रलाइ दरवार परिसरको रुपमा (दरवार, भगवति मन्दीर, तिन सांचा, मूल ढोका, शिलखान समेटरिएको) कायम राख्न सहमति सहितको गूरु
योजना निर्माण गरी कार्यारम्भ गर्ने ।

१२) तानपा १० को गुफाचौर (प्राकृतिक, आध्यात्मिक र ग्रामीण पर्यटन), तानपा ९ को माण्डव्य क्षेत्र( आध्यात्मिक क्षेत्र), तानपा १२ को कुइरे भिर(शाहसिक पर्यटन) लगायतलाइ पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना तयार पारि लागूगर्ने ।

१३) लुम्विनी र तानसेन विचको सम्वन्धलाइ प्रगाढ बनाउने कार्यक्रम सञ्चालन गर्ने ।

१४) पाल्पा भगवतीको रथयात्राका अवसरमा मुलुकका मुख्य व्यक्तित्वहरु राष्टपति, प्रधान सेनापति, मुख्य मन्त्री, छिमेकका पालिका प्रमुखहरुको
सहभागितालाइ नपाले प्राथमिकतामा राख्ने ।

१५) तानसेन नगर भित्रका कला, संस्कृति, साहित्यको अभिलेखिकरण र प्रवद्र्धनकालागि सम्वोधन गर्न आवश्यक छ । ।

१६) श्रीनगर डाडामा रहेका सल्लाका रुखहरुलाइ चौडापाते रुखहरुद्धारा प्रतिष्थापनकालागि अध्ययन गराउने र पर्यापर्यटनको नमूना अभ्यासको
रुपमा विकास गर्न कार्यक्रम लागु गर्ने ।

१७) अर्गली दरबार आफ्नो मातहत ल्याउने साथै रानी महल जाने वाटो डबल लेन बनाइ भारतीय पर्यटक मुक्तिनाथ जाने व्यवस्था मिलाउने

१८) तानसेनको टुडिखेललाइ केन्द्रमा राखि अन्य खेल मैदानहरुको उपयोग गर्ने गरी खेल विकास अवधारणा बनाइ कम्तीमा प्रदेश स्तरिय खेल
हबको रुपमा विकास गर्ने गरी सम्वद्ध संस्था तथा खेलाडीलाइ प्रोत्साहन गर्न जरुरी छ ।

१९) तानपा क्षेत्र भित्रका तर नगर बाहीर वा विदेशमा रहेका जनशक्तिको वडा स्तरिय अभिलेखीकरण गरी क्षमता पहिचानका साथ परिचालन रणनीति जरुरीछ ।

२०) काली गण्डकी किनारलाइ विच भलिवलको प्रदेश तथा राष्टिय टिम उत्पादन गर्ने लक्ष्य सहित स्थानीय क्लवहरुलाइ प्रोत्साहन गरी रानीमहल लाइ विच भलिवलको हब वनाउन गत वर्ष गरिएको प्रतिवद्धता अनुरुप आगामी आवमा पर्यटन वोर्डको समन्वयमा अन्तराष्टिय प्रतियोगिता सञ्चालनकालागि
पहल गर्नेगरी सम्वोधन गर्न आवश्यक छ ।

२१) तानपा प्रवेशसिमा गौडेको पुल देखि तानसेन बतासे सम्म र बर्तुड देखी राइडाडा (सिमाना सम्म) . सम्म सडकका दुवै तर्फ गुलमोर वा
सिरीशका फूलका विरुवा लगाउने कार्यक्रम आवश्यक छ ।

२२) प्रभास देखि बर्तुड. सम्मका चौडा स्थानमा स्थानीय जग्गा धनिहरुलाइ स्तरिय तर शुलभ रेष्टोरेन्टहरु खोल्न प्रेरित गर्ने कार्यक्रम
जरुरीछ ।

२२) गौडेका खाजाघरहरुलाइ स्वच्छ सफा र ताजा खाजा व्यवस्थाकालागि व्यवसायीहरुलाइ सहमति गराउन जरुरी छ ।

२३) पाल्पा भगवती, तानपा १० को वालकन्या भगवती र तानपा ८को कोकल भगवतीको सम्वन्ध प्रगाढ वनाउन मन्दिर निर्माण र सम्वन्ध स्थापना
संयन्त्र वनाउन जरुरीछ ।

२४) पाल्पाली ढाका उद्यमी र करुवा उद्यमीलाइ उत्पादनमा प्रोत्साहनकालागि कार्यक्रम र पाल्पाली र गैर पाल्पाली उत्पादनको स्पष्ट जानकारी ग्राहकलाइ गराउने वाध्यात्मक व्यवस्था गर्न जरुरीछ । तनसेनको विकासमा गैर सरकारी तथा व्यवसायिक संस्थाहरुको भूमिका अहंम हुने हुनाले त्यस्ता संस्थाहरुसंगको समन्वयमा राष्टिय एवं प्रदेशस्तरिय कार्यक्रम पर्यटन लक्षित गर्ने गरी समन्वय व्यवस्था मिलाउन जरुरीछ ।

२५) नपाकालागि आम्दानीको श्रोत व्यवस्थापनकालागि सम्भाव्य स्थानहरुलाइ विशेष खानी क्षेत्र घोषणागरी प्राकृतिक श्रोत परिचालन
रणनीति जरुरी छ ।

२६) आत्मनिर्भर तानसेनको लक्ष्य राखी कृषि, पशुपालन क्षेत्रलाइ प्राथमीकताकासाथ सम्वोधन जरुरीछ देखिन्छ ।उल्ल्खेखित सुझावहरुमा नियमिति कृयाकलापहरुलाइ सम्वोधन गर्दैनन् तर तानसेनको दीगो वीकासमा भने महत्व अवश्य राख्ने विश्वास छ । नपाले पर्रखिएको विकास र त्यसको अनुभूति नगरवासीले गर्ने गरी काम गर्नु अहिलेको आवश्यकता हो भने हालको नेतृत्वको जिम्मेवारी पनि हो । विश्वास छ यस्ता सुझावहरुले नविनतम सोच र अवधारणाअनुरुप कार्यक्रम वन्नु पर्दछ भन्ने पक्षमा मद्धत गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }